स्वास्थ्य बीमाको साढे तीन अर्ब भुक्तानी बाँकी, सेवा बन्द गर्दै अस्पताल
विष्णु पाण्डेय
आश्विन ७, २०७८ बिहीबार
स्वास्थ्य बीमा अन्तर्गत सेवा दिन सरकारले सूचिकृत गरेका स्वास्थ्य संस्थाले भुक्तानी पाउन छाडेपछि सेवा बन्द गर्न लागेका छन् । स्वास्थ्य बीमाको सेवा दिएबापत सूचिकृत स्वास्थ्य संस्थालाई सरकारले साढे तीन अर्व बढी भुक्तानी दिन बाँकी रहेको स्वास्थ्य बीमा वोर्डले जनाएको छ । यता, सरकारले स्वास्थ्य बीमा बापतको भुक्तानी नगराउँदा मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री अस्पतालले स्वास्थ्य बीमा बापतको...