logo
२०८१ जेष्ठ १ मंगलवार



प्रदेश २ मा करिब साढे आठ लाखले लगाए कोरोनाविरुद्धको खोप

स्वास्थ्य |
प्रदेश |


प्रदेश २ मा करिब साढे आठ लाखले लगाए कोरोनाविरुद्धको खोप


विजयकुमार साह
ढल्केवर, असोज ६ गते । प्रदेश नम्बर २ मा आठ लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । प्रदेश २ स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्कअनुसार मङ्गलबारसम्म कोरोनाविरुद्धको पहिलो खोप लगाउनेको सङ्ख्या ८ लाख ४६ हजार पाँच सय २४ पुगेको छ । प्रदेशमा पूर्ण खोप लगाउनेको सङ्ख्या ८ लाख एक हजार चार सय १८ छ ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विजयकुमार झाले प्रदेश २ मा सबैभन्दा बढी बारा जिल्लामा एक लाख ३२ हजार पाँच सय ८२ जनाले पूर्ण खोप लगाएको बताउनुभयो ।
उहाँले धनुषामा ९२ हजार एक सय ७०, महोत्तरीमा ८५ हजार छ सय ४५, सर्लाहीमा एक लाख २६ हजार ७०, रौतहटमा ७९ हजार तीन सय ३१, पर्सामा एक लाख चार हजार नौ सय १७, सप्तरीमा ८८ हजार २७ र सिरहमा ९२ हजार छ सय ७३ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको जानकारी दिनुभयो ।

प्रदेशमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनिका खोप लगाइएको छ । जिल्लाभरिका विभिन्न अस्पताल, स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, हेल्थपोष्टलाई केन्द्र तोकेर खोप लगाउने कार्य हुँदैआएको डा. झाले जानकारी दिनुभयो ।
उहाँले प्रदेश २ मा २०७७ माघ दोस्रो साताबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?