काठमाडौँमा ४२५ जना सङ्क्रमित थपिए
गोरखापत्र अनलाइन
असार ३०, २०७८ बुधबार
गाेरखापत्र अनलाइन
काठमाडाैं, असार २९ गते । काठमाडौँ उपत्यकामा पछिल्लो समय ५८७ सङ्क्रमित थपिएका छन् ।
काठमाडौँमा ४१०, ललितपुरमा ९७ तथा भक्तपुरमा ८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा अहिलेसम्म पाँचहजार ४६४, ललितपुरमा एक हजार २७१ र भक्तपुरमा एकहजार १४ जना सकृय सङ्क्रमित रहेका छन् ।