दुई हजार ४४९ जना नयाँ सङ्क्रमित थप, ४१० निको
गोरखापत्र अनलाइन
बैशाख १०, २०७८ शुक्रबार
नेपालमा कोरोनाभाइरसका दुई हजार ४४९ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार ७९८ आरटीपीसीआर परीक्षण गरिएकोमा सो सङ्ख्यामा सङ्क्रमित पहिचान भएको हो । यस्तै, ८६६ जनाको एन्टीजेन परीक्षणमा ११० जनामा कोरोना सङ्क्रमितको पहिचान भएको छ ।