सीमा नाकामा स्वास्थ्यकर्मीको पीडा, काम नेपालमा बास खोज्न भारततिर
गोरखापत्र अनलाइन
बैशाख ६, २०७८ सोमबार
बैतडी, वैशाख ६ गते । कोरोना परीक्षण गर्न झुलाघाटमा स्थापना गरिएको स्वास्थ्य केन्द्रमा कार्यरत पाँचजना स्वास्थ्यकर्मी १२ घण्टा काम गरेर बास खोज्न भारततर्फ जाने वाध्य भएका छन् ।
भाडाको दुई कोठे घरमा सञ्चालित स्वास्थ्य केन्द्रमा न खाने, बस्ने व्यवस्था, न त शौचालय नै छ । दिनभरि कोरोनाविरुद्धको लडाईंमा खटिनुहुने स्वास्थ्यकर्मी रात परेपछि भारतीय बजारमा डेरा लिएर बस्नु पर्ने वाध्यता रहेको छ ।