logo
२०८२ भाद्र २३ सोमवार



दुई हजार ४४९ जना नयाँ सङ्क्रमित थप, ४१० निको

स्वास्थ्य |


दुई हजार ४४९ जना नयाँ सङ्क्रमित थप, ४१० निको
फाईल तस्विर


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १० गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ४४९ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार ७९८ आरटीपीसीआर परीक्षण गरिएकोमा सो सङ्ख्यामा सङमितको पहिचान भएको हो । यस्तै, ८६६ जनाको एन्टीजेन परीक्षणमा ११० जनामा कोरोना सङ्क्रमितको पहिचान भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका हाल १४ हजार ७२४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४१० जना सङ्क्रमित निको भएका छन् ।

चौबीस घण्टामा पाँचजनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङख्या तीनहजार १२२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?