जनस्वास्थ्य प्रवर्धन केन्द्र स्थापनापछि उपचार सहज
रासस
चैत्र ४, २०७७ बुधबार
दिपायल सिलगढी नगरपालिका–५ सिलगढीस्थित इन्द्रचोकमा जनस्वास्थ्य प्रवर्धन केन्द्रको स्थापना गरिएपछि यहाँका नागरिकलाई उपचार गर्न सहज भएको छ । जनस्वास्थ्य प्रवर्धन केन्द्रमा हाल उपचार गराउन आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै जान थालेको स्थानीयवासी बताउँछन् । हाल उक्त केन्द्रमा दैनिक १० देखि १५ जनासम्म बिरामी उपचारका लागि आउने गरेको केन्द्रले जनाएको छ ।
सो केन्द्रमा एकजना एचए, एक अहेव, एक अनमी र एक कार्यालय...