दुई हजार ६१५ परीक्षणमा ५९ सङ्क्रमणको पुष्टि, ६० निकाे, एककाे मृत्यु
गोरखापत्र अनलाइन
फाल्गुन २५, २०७७ मंगलवार
नेपालमा कोरोना भाइरसका ५९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ६१५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गाैतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ८६९ पुगेको जनाउनुभयाे ।
पछिल्लो चौबीस घण्टामा ६० जना सङ्क्रमित निको भएका छन् ।