ई–चुरोटको लतले स्वास्थ्यमा प्रतिकूल असर
यलु जोशी
फाल्गुन १४, २०७७ शुक्रबार
युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट)को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको पाइएको छ । विद्युतीय चुरोट तान्नुलाई कतिपयले भेप वा भेपिङसमेत भन्ने गर्छन् । परम्परागत चुरोटको विकल्पमा समेत कतिपयले विद्युतीय चुरोटको लत बसाउँछन् भने कतिपयले फेसनकै रूपमा विद्युतीय चुरोट सेवन गर्छन् ।
युवक मात्र होइन, युवतीमा पनि विद्युतीय चुरोटको लत बस्न थालेको चिकित्सकको अनुभव छ ।