शब व्यबस्थापन आधारमा कोरोनाका ६१८ मृतक थपिए, कुल दुई हजार ६८४
गोरखापत्र अनलाइन
फाल्गुन १२, २०७७ बुधबार
नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट भएको मृतकको संख्या थपिएको छ । स्वास्थ्य तथा जनसंख्याले ६१८ जना मृतक थपिएको जनाएको छ । मन्त्रालयका अनुसार कोभिड १९ को सङ्क्रमणबाट हालसम्म दुई हजार ६६ जना सङ्क्रमितको मृत्यु भएको छ । थपिएका मृतकसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या दुई हजार ६८४ पुगेको हो ।
कोभिड १९ सम्बन्धी प्रेस ब्रिफिङ्गको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६०८ जना...