शिलान्यासको १८ वर्ष पछि सञ्चालनमा आयो ईएनटी अस्पताल
गोरखापत्र अनलाइन
फाल्गुन २१, २०७७ शुक्रबार
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा काँन, नाक र घाटीे सम्बन्धि अस्पताल सञ्चालनमा आएको छ । शिलान्यास भएको झण्डै १८ वर्ष पछि सो अस्पताल सञ्चालनमा आएको हो। साविकको तिलाठी गाउँ विकास समिति र हालको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर १ को तिलाठी गाउँमा शुक्रबार देखि विधिवत रुपमा सो अस्पताल सञ्चालनमा आएको हो ।