चाहिनेभन्दा बढी सेनिटाइजर प्रयोग नगरौं, हात धुने पनि गरौं
गोरखापत्र अनलाइन
फाल्गुन ७, २०७७ शुक्रबार
कोरोना महामारी (कोभिड १९)ले जनमानसमा ‘ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्ने सिकायो र सेनिटाइजर प्रयोग गर्न नजान्दा यसले नकारात्क असर पर्छ भन्ने कमैलाई थाह होला ।
कोभिड संक्रमण मात्र नभएर विभिन्न सरुवा रोगबाट बच्नको लागि ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु राम्रो हो छाला रोग विशेषज्ञ डा.मेलिना अमात्य भन्नुहुन्छ, तर, सेनिटाइजर प्रयोग कस्तो बेला गर्ने, कस्तो बेला नगर्ने भन्नेबारे भने निकै ध्यान पु¥याउनुपर्छ । हामीले हात धुन...