टेकु प्रयोगशालामा जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण सुरु
गोरखापत्र अनलाइन
फाल्गुन १०, २०७८ मंगलवार
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण सुरु भएको छ ।
प्रयोगशालाले मंगलबार सूचना जारी गर्दै उक्त परीक्षण आजैबाट सुरु गरिएको जनाएको छ ।
जनस्वास्थ्य प्रयोजनका लागि उक्त परीक्षण हाललाई निःशुल्क रुपमा सञ्चालन गरिने प्रयोगशालाले जारी गरेको सूचनामा उल्लख गरिएको छ ।