logo
२०८१ बैशाख ११ मंगलवार



२४ घण्टामा आठ लाख ७३ हजार भन्दा बढीले लगाए कोरोना भाइरस विरुद्धको खोप

स्वास्थ्य |


२४ घण्टामा आठ लाख ७३ हजार भन्दा बढीले लगाए कोरोना भाइरस विरुद्धको खोप


काठमाडौं, फागुन ९ गते । २४ घण्टामा आठ लाख ७३ हजार भन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आठ लाख ७३ हजार ४३८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । योसँगै सरकारले खोप अभियान सुरु भएदेखि अहिलसम्म तीन करोड ७७ लाख ५५ हजार ४२७ मात्रा खोप लगाएको छ।
जसमध्ये एक करोड ८३ लाख ६५ हजार ६५२ जनाले एक मात्रा र एक करोड ८४ लाख ९७ हजार ६८९ जनाले पूर्णमात्रा र नौ लाख छ हजार ५३३ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।
कुल जनसंख्याको ७३.२ प्रतिशत अर्थात दुई करोड १३ लाख ७१ हजार ७४२ जनाले एकमात्रा र ६३.४ प्रतिशत अर्थात एक करोड ८४ लाख ९७ हजार ६८९ जनाले पूर्णमात्रा खोप लगाएका छन् ।
त्यस्तै १८ वर्षमाथीका लक्षित जनसंख्याको ९०.८ प्रतिशत अर्थात एक करोड ८० लाख ८५ हजार ५३९ जनाले एक मात्रा र ८१ प्रतिशत अर्थात एक करोड ६१ लाख ३७ हजार ९३० जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
त्यस्तै मन्त्रालयको तथ्यांक अनुसार १२ वर्ष देखि १७ वर्ष उमेर समूहका लक्षित जनसंख्याको ८८ प्रतिशत अर्थात ३० लाख १५ हजार ५८९ जनाले एक मात्रा र ६५ प्रतिशत अर्थात २२ लाख २४ हजार ८०२ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।
सरकारले बैशाख मसान्तसम्म लक्षित जनसंख्यालाई पूर्णमात्रा खोप लगाउने लक्ष्य लिएको छ ।
नेपालमा भेरेसेल, कोभिसिल्ड, अस्ट्रजेनिका,मोर्डना, फाइजर र जान्सन एण्ड जोन्सन गरेर चार करोड ७८ लाख ८२ हजार आठ सय मात्रा खोप विभिन्न माध्यमबाट प्राप्त गरेको छ ।
नेपालमा ५३ लाख ८४ हजार ९९९ जनाको आरटी पीसीआर परीक्षण गर्दा नौ लाख ७५ हजार ८०६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै मन्त्रालयको तथ्यांकको अनुसार १० लाख ४१ हजार ९१३ जनामा एन्टिजेन गरीक्षण गर्दा एक लाख ३८ हजार ७३८ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये नौ लाख ५२ हजार ५९९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमितको निको हुने दर ९७।६ प्रतिशत रहेको छ ।
संक्रमित मध्ये ११ हजार ९२५ जनाको मुत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। नेपालमा कोरोना संक्रमितको मुत्युदर १.२ प्रतिशत रहेको छ।
सोमबारसम्म नेपालमा ११ हजार २८२ जना संक्रिय संक्रमित रहेका छन् ।
संक्रमित मध्ये १० हजार ८१९ जना होम आइसोलेसनमा छन् । ४६३ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत छन् । जसमध्ये १३९ आइसियुमा र १९ जनाको भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
मोरङ,काठमाडौं,ललितपुर र कास्की र कैलाली गरी पाँच जिल्लामा पाँच सय भन्दा बढी संक्रिय संक्रमित रहेका छन् ।
भ्mापा, धनुष,भक्तपुर,काभ्रे, चितवन, बाँके, रुपन्देही गरी आठ जिल्लामा दुई सय भन्दाब बढी संक्रिय संक्रमित रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?