बालबालिकामा आँखाको क्यान्सर 'रेटिनोब्लास्टोमा' को जोखिम बढ्दै
सिर्जना खत्री
फाल्गुन १४, २०७८ शनिबार
बालबालिकाको आँखाको नानीको कालो भागमा सेतो टीका देखिएको छ वा आँखा रातो भइरहन्छ र औषधि गर्दा पनि निको हुँदैन भने यस्तो अवस्थालाई सामान्य रुपमा नहेर्न चिकित्सको सुझाव छ । यस्तो समस्या क्यान्सरको कारणले पनि हुन सक्ने चिकित्सक बताउँछन् । धेरैलाई थाहाँ नहुन सक्छ तर पाँच वर्षमुनिका बालबालिकालाई आँखाको क्यान्सर हुन्छ त्यसलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ ।