एक हजार २०७ सङ्क्रमित, एक हजार १४७ मुक्त,कुल ७१ ह्जार ८२१
गोरखापत्र अनलाइन
आश्विन १०, २०७७ शनिबार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार १९ जनाको आर टी पीसीआर परीक्षण गरिएकोमा एक हजार २०७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरस सङक्रमितको संख्या ७१ ह्जार ८२१ पुगेको छ ।