आँखाको ज्योति फर्केपछिको खुसीः ‘अँध्यारो संसार उज्यालो देख्न पाइयो, डाक्टर भगवान् नै हुन्’
गोरखापत्र अनलाइन
आश्विन १३, २०७७ मंगलवार
केही समयअघि प्युठानको माण्डवी गाउँपालिक ३, आँपचौरकी ४५ वर्षीय ज्ञानीदेवी पुनको एक्कासि दुवै आँखाले देख्न छोडे । उहाँले यो समस्या झन्डै चार महिना भोग्नुभयो । तर उहाँलाई अहिले आँखाको समस्या छैन । दुइवटै आँखाले देख्न सक्नुहुन्छ । यही वर्ष भदौ २१ गते दाङको लमही आँखा अस्पतालमा दुई वटै आँखाको शल्यक्रियापछि ज्ञानीदेवीको गुमेको ज्याेित फिरेको हो ।
ज्ञानीदेवी अहिले संसार देख्न पाएकोमा धेरै खुसी हुनुुहुन्छ । उहाँ भन्नुहुन्छ,...