सर्लाहीमा कोरोना सङ्क्रमित मृतककाे पहिलाेपटक जलाएर गरियाे दाहसंस्कार
गोरखापत्र अनलाइन
आश्विन १३, २०७७ मंगलवार
सर्लाहीमा कोरोना भाईरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–६, का ७६ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति नारायणी अस्पताल वीरगञ्जको कोभिड अस्थायी अस्पताल (बाबा आइसोलेसन)मा मृत्यु भएको हो । घरमै बिरामी परेर आइतबार वीरगञ्ज जानुभएका वृद्धको त्यसैदिन जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको परिवारका सदस्यलाई उद्वृत गर्दै बरहथवा नगरपालिका ६ का वडाध्यक्ष मोहम्मद अफताब...