चीन र रूसद्वारा अनुमति माग, उत्पादनका लागि रूसले सघाउने
रासस
भाद्र ११, २०७७ बिहीबार
सरकारले विभिन्न देशमा कोभिड–१९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण क्लिनिकल ट्रायल गर्न सम्भाव्यता छलफल शुरु गरेकोे छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोभिड-१९ विरुद्ध उत्पादन गरेका औषधि र खोपको प्रयोगबारे अनुसन्धानलाई अगाडि बढाएको हो ।
आफ्नो र अन्य देशमा प्रयोग गरिरहेका औषधि र खोप नेपालमा तेस्रो चरणको क्लिनिकल ट्रायलको लागि आउन ती देशले...