सङ्क्रमण तेस्रो चरणमा गएको सङ्केत, ‘कन्ट्याक्ट ट्रेसिङ’मा जोड
इश्वरचन्द्र झा
भाद्र १०, २०७७ बुधबार
काठमाडौं उपत्यकामा मंगलबारसम्ममा कोभिड–१९ का कुल सङ्क्रमित तीन हजार ७०२ पुगेको छ । जसमध्ये काठमाडौंमा दुई हजार ९५५, ललितपुरमा ४६३ र भक्तपुरका तीन सय जना छन् । पछिल्लो १५ दिनमा काठमाडौं उपत्यकामा सङ्क्रमितको संख्या तीन गुणाले वृद्धि भएको छ । जसमध्ये अधिकांशमा सङ्क्रमण सक्रिय अवस्थामा छन् । जनस्वास्थ्यविद्हरु सङ्क्रमण तेस्रो चरणमा गएको संकेत देखिन थालेकोले ‘कन्ट्याक्ट ट्रेसिङ’लाई प्रभाबकारी नबनाइए अवस्था भयावह...