logo
२०८१ मंसिर १२ बुधवार



चौबीस घण्टामा ११ सङ्क्रमितको मृत्यु

स्वास्थ्य |


चौबीस घण्टामा ११ सङ्क्रमितको मृत्यु
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १० गते । नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या १७५ पुगेको छ । पछिल्लो चौबीस घण्टामा दुई महिला र नौ जना पुरुषसहित ११ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा प्रदेश २ मा सबैभन्दा बढी पाँच जनाको मृत्यु भएकोमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। महोत्तरीका तीन र बाराका दुई जना छन् । महोत्तरीमा ६०, ७२ र ७५ वर्षीय सङ्क्रमितको मृत्यु भएको छ । तीनैजना पुरुष छन् । त्यसैगरी, बारामा ४१ वर्षीय र ४६ वर्षीय गरी दुई पुरुषको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार भक्तपुरमा ५३ वर्षीया र मोरङमा ४६ वर्षीया गरी दुई महिलाको सङ्क्रमणबाट मृत्यु भएको हो । त्यसैगरी, काठमाडौँमा ५१ वर्षीय र बाँकेमा ३७ वर्षीय गरी दुई जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । कैलालीमा दुई जना ४५ र ५० वर्षीय पुरुषको सङ्क्रमणबाट मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?