छ वर्षीया बालिकासहित चौबीस घण्टामा नौ जना सङ्क्रमितको मृत्यु
गोरखापत्र अनलाइन ,
भाद्र ६, २०७७ शनिबार
नेपालमा पछिल्लो चौबीस घण्टामा नौ जना कोरोनाभाइरस सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुर गरी छ जिल्लाका नौ जनाको मृत्युको पुष्टि भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको मन्त्रलायले जनाएको छ ।