धुलिखेल अस्पतालमा एक सङ्क्रमितको मृत्यु
गोरखापत्र अनलाइन ,
भाद्र २, २०७७ मंगलवार
धुलिखेल अस्पतालमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मङ्गलबार बिहान धुलिखेल नगरपालिका वडा न ६ का ९८ वर्षीय पुरुषकाे उपचारको क्रममा मृत्यु भएका अस्पतालले जनाएको छ । उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएपछि साउन २६ गते धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई स्वासप्रश्वास, छाती तथा घाँटीको समस्या रहेको थियो ।