गेरखापत्र अनलाइन
काठमाडौँ, भदौ २ गते । काठमाडाैँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा हालसम्मकै सबैभन्दा बढी जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँमा २०५ जनामा सङ्क्रमितको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङ्को क्रममा देशभरि हालसम्मकै उच्च एक हजार १६ जना सङ्क्रमित पुष्टि भएकोमा काठमाडाैँ उपत्यकाका मात्रै २०५ जना छन् । मन्त्रालयका अनुसार काठमाडाैँमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना सङ्क्रमितको पुष्टि भएको छ ।
कठमाडौँ उपत्यकामा पछिल्लो एक सातादेखि दैनिक एक सय जनामा सङ्क्रमित फेला पर्दैआएको छ । शनिबार मात्रै ९८ जना सङ्क्रमितको पुष्टि भएको थियो । सोमबार १६८ जना सङ्क्रमितको पुष्टि भएको थियो । आइतबार ११९ जना सङ्क्रमित फेला परेको थियो ।