कोरोना जितेर एकै दिन ३३ जना घर फर्किए
गोरखापत्र अनलाइन
असार २९, २०७७ सोमबार
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि मोरङ सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको कोभिड आइसोलेसनमा उपचाररत ३३ जना निको भएर सोमबार घर फर्केका छन् ।
सङ्क्रमणपछि अस्पतालमा भर्ना भएर उपचाररत १८ देखि ५६ वर्ष उमेर समूहका उनीहरूमा पछिल्लो दोस्रो पीसीआर परीक्षणमा कोभिड–१९ नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज हुनेहरूमा मोरङका पाँच जना, झापाका २० जना, सुनसरी दुइ जना, ताप्लेजुङका एक जना, सङ्खुवासभाका...