logo
२०८१ मंसिर ११ मंगलवार

  उपत्यकामा मात्रै ३५६, डिस्चार्ज ६०.७ प्रतिशत  



उपत्यकामा नाैसहित थप १४४ सङ्क्रमित, कुल १६ हजार ९४५

स्वास्थ्य |


उपत्यकामा नाैसहित थप १४४ सङ्क्रमित, कुल १६ हजार ९४५


उपेश महर्जन

काठमाडौँ, असार २९ गते । पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ९४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित छहजार ६१३ रहेका छन् । 

पछिल्लो २४ घण्टामा पाँच हजार ८५६हजार  पीसीआर परीक्षण भएकाे छ । क्वारेन्टाइनमा २३ हजार ४७० र आइसोलेसनमा छहजार ६१३ हजार रहेका छन् । ५२५ जना रेड जाेनमा रहेका छन् । पछिल्लो २४ घण्टामा काेही पनि रेड जाेनमा परेकाे छैन ।

डिस्चार्ज

आज १७०५ जना सङ्क्रमित निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै १० हजार २९४  पुगेको छ । याे कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ६०.७ प्रतिशत हाे ।

उपत्यकामा सङ्क्रमित 

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या नाै पुगेको छ । काठमाडौँमा तीन जना,  ललितपुरमा पाँच जना, भक्तपुरमा एक जना सङ्क्रमित भएका छन् । 

उपत्यकामा कुल ३५६ सङ्क्रमित 

उपत्यकामा अहिलेसम्म सङ्क्रमित ३५६ पुगेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?