एक महिनामै ५० शय्याको कोरोना विशेष अस्पताल तयार
गोरखापत्र अनलाइन
जेष्ठ ४, २०७७ आईतवार
मुलुकमा कोभिड–१९ को सङ्क्रमण बढ्दैगएको बेला सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना विशेष अस्पताल तयार पारिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा एक महिनामै ५० शय्याको कोरोना विशेष अस्पताल तयार पारिएको हो । जिल्ला समन्वय समितिको जग्गामा निर्माण गरिएको अस्पताल हस्तान्तरण हुन भने बाँकी रहेको छ ।