logo
२०८१ बैशाख ८ शनिवार



थप १८ जनामा काेराेनाभाइरस सङ्क्रमण पुष्टि, कुल ३७५ पुग्यो

स्वास्थ्य |


थप १८ जनामा काेराेनाभाइरस सङ्क्रमण पुष्टि, कुल ३७५ पुग्यो


गोरखापत्र अनालइन
काठमाडौँ, जेठ ५ गते । पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, टेकु, बिपी काेइराला स्वास्थ्य विज्ञान प्रतष्ठान, धरान, भेरी अस्पताल नेपालगञ्ज तथा काेसी अस्पताल, विराटनगरमा गरिएकाे परीक्षणकाे पछिल्लाे नतिजाअनुसार थप १८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । थप सङ्क्रमितहरूमा धनुषानिवासी दुइ पुरूष, खाेटाङ हलेसीनिवासी एक पुरुष, बाँके नरैनापुरका १२ जना पुरुष, दैलेख अाठबीसका एक पुरुष, सुनसरीका एक पुरुष र झापाका एक पुरुष रहेकाे मन्त्रालयले जनाएकाे छ । 

सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?