कोभिड १९ को लागि मेची अञ्चल अस्पतालको निमार्णाधीन भवन प्रयोगमा ल्याउने तयारी
गोरखापत्र अनलाइन ,
जेष्ठ १०, २०७७ शनिबार
कोभिड १९ को उपचारका लागि भद्रपुर नगरपालिकास्थित मेची अञ्चल अस्पतालको निर्माणधिन भवन प्रयोगमा ल्याउने तयारी भएको छ । प्रदेश सरकारले अस्पताल निर्माणको ठाँउ खोजी गरेर प्रतिवेदन दिन भनेपछि कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिले उपयुक्त स्थानको खोजी गरेको हो ।
तत्काल नयाँ संरचना बनाउन नसकिने भएकाले मेची अञ्चल अस्पताल नजिकमा रहेको निर्माणाधिन भवनलाई नै प्रयोग गर्न सकिने हाम्रो ठहर हो, पोर्तेलले भन्नुभयो...