logo
२०८२ भाद्र २५ बुधवार



पाकिस्तानमा वायु सेनाको विमान दुर्घटना

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा वायु सेनाको विमान दुर्घटना
तस्विर–टाइम्स अफ इस्लामाबाद


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २२ गते । पाकिस्तान वायु सेनाको प्रशिक्षक विमान दुर्घटना भएको छ । पञ्जाब प्रान्तको अटोक शहरमा अभ्यासको क्रममा दुर्घटना भएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ ।
वायु सेनाले एक वक्तब्य जारी गरी विमानमा सबार दुबै जना पाइलट सुरक्षित रहेको जनाएको छ । वायु सेनाले दुर्घटनाबारे छानबिन गर्न एक जाँच समिति गठन गर्ने आदेश दिइएको जनाएको छ ।
गत् सेप्टेम्बरमा समेत वायु सेनाको एक विमान नियमित अभ्यासको क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?