logo
२०८१ बैशाख ३० आईतवार



कोभिड सङ्क्रमण बढ्न थालेपछि दिल्लीमा पुनः रात्रिकालीन निषेधाज्ञा

अन्तर्राष्ट्रिय |


कोभिड सङ्क्रमण बढ्न थालेपछि दिल्लीमा पुनः रात्रिकालीन निषेधाज्ञा


नयाँदिल्ली, पुस १२ गते । भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको सङ्क्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमवारबाट पुनः रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाउने निर्णय गरेको छ ।

ओमिक्रोन भेरियन्टसँग जोडिएका सङ्क्रमित बिरामीको सङ्ख्या वृद्धि भएपछि सरकारले यो घोषणा गरेको हो । सरकारले सोमबारदेखि नै लागू हुनेगरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो ।

पछिल्लो २४ घण्टामा दिल्लीका २९० थप व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको छ । उक्त सङ्ख्या पछिल्लो छ महिना यताकै सर्वाधिक भएको बताइएको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा एक जनाको मृत्यु भएको छ भने यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार एक सयभन्दा बढी छ ।

भारतमा पछिल्लो २४ घण्टामा करिब सात हजार नयाँ सङ्क्रमणका घटना देखिएको सङ्घीय सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । हालसम्म भारतमा चार सयभन्दा बढी व्यक्तिमा ओमिक्रोन भेरिअन्ट सङ्क्रमण पुष्टि भएकाे बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?