बर्लिनमा हुने सम्मेलनमा पुटिन सहभागी हुने
गोरखापत्र अनलाइन ,
माघ ४, २०७६ शनिबार
“लिवियाको संकट समाधानका लागि राष्ट्रसंघीय महासचिव गुटेर्रेस, लिबियाका लागि राष्ट्रसंघीय विषेश प्रतिनिधि घस्सान सलामलाई सघाउने उद्धेश्यले नै आगामी आइतबार बर्लिनमा हुनेगरी जर्मन चान्सलर एञ्जेल मर्केलले सम्मेलनको आयोजना गर्नु भएको हो,” जर्मनी सरकारका प्रवक्ता स्टेफन सेइबेर्टले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ ।