मुशर्रफलाई मृत्युदण्ड दिने विशेष अदालतको गठन नै ‘असंवैधानिक’ - लाहोर उच्च अदालत
गोरखापत्र अनलाइन ,
पुष २८, २०७६ सोमबार
पूर्व पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफलाई ‘देशद्रोह’ अभियोगमा मृत्युदण्ड दिने विशेष अदालतको गठन नै असंवैधानिक भएको पाकिस्तानको लाहोर उच्च अदालतले सोमबार निर्णय गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।