logo
२०८१ असोज ४ शुक्रवार



पाकिस्तानका विदेशमन्त्री इरान र साउदी अरेबियाको भ्रमणमा

अन्तर्राष्ट्रिय |


पाकिस्तानका विदेशमन्त्री इरान र साउदी अरेबियाको भ्रमणमा


इस्लामाबाद
पुस २७ गते । अमेरिकी ड्रोन हमलामा इरानी सेनापति कासिम सुलेमानी मारिएपछि बढ्दो तनाव कम गर्न पाकिस्तानका विदेशमन्त्री आइतबार तेहरानको भ्रमणमा जानुभएको छ । पाकिस्तानले साउदी अरेबिया र इरानसँगको सम्बन्धलाई सन्तुलनमा राख्ने दशकौंसम्मको प्रयास जारी राखेको छ ।
इराकमा ६२ वर्षीय जनरलको हवाई आक्रमणमा मृत्युपछि इरानले क्षेप्यास्त्र प्रहार गरी युक्रेनी विमान खसालेको थियो । जहाजमा सवार १७६ व्यक्तिको मृत्यु भएपछि इरानले गल्ती स्वीकारेको छ ।

सन् १९८० देखि इरानमा अमेरिकी राजदूताबास छैन् । अमेरिकामा इरानको दूताबास छैन् । पाकिस्तानले अमेरिकामा इरानको लागि पहिलकदमी लिदै आएको छ भने स्वीटजरल्याण्डले इरानमा अमेरिकाको प्रतिनिधित्व गर्दै आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जवाबी कारबाही नगर्ने प्रष्ट्याएपछि इरान र अमेरिकाबीचको द्वन्द तात्काल साम्य भएको छ। यद्दपी उसले इरानमाथि थप प्रतिबन्ध लगाउने जनाएको छ । पाकिस्तानी विदेशमन्त्री शाह कुरेसीको भ्रमणले इरान र अमेरिकाबीचको पछिल्लो तनाबपछि अमेरिकाले लगाउने भनिएको थप प्रतिबन्ध सम्बन्धमा कुराकानी हुने नहुने सम्बन्धमा पाकिस्तानको विदेश मन्त्रालयले प्रष्ट्याएको छैन् ।

पछिल्लो घटनाक्रमले शान्ति र सुरक्षाको अवस्था खतरामा पर्छ र शान्तिपूर्ण समाधानका लागि तत्काल र सामूहिक प्रयासको आवश्यकतालाई जोड दिन्छ– पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । शाह मेहमूद कुरेशीले इरानलाई “राजनीतिक र कूटनीतिक माध्यमबाट मतभेद र विवाद सुल्झाउनका लागि सबै प्रयासलाई समर्थन गर्ने पाकिस्तानको तयारीबारे इरानलाई बताउनेछ“ भनिएको छ । इरानी समकक्षी मोहम्मद जाभेद जारिफलाई भेटेपछि कुरेशीले साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानसँग वार्ता गर्न जनवरी १३ मा साउदी अरेबिया भ्रमण गर्न लाग्नु भएको छ ।
पाकिस्तानी विदेशमन्त्रीले तेहरान र रियादको भ्रमणपछि अमेरिका जाने पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।
गत वर्ष पाकिस्तानी प्रधानमन्त्री इमरान खानले साउदी अरेबिया र इरान बिचका प्रतिद्वन्द्वीहरु बीचको सम्बन्ध शान्त पार्ने प्रयास गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?