प्रदेश ३ को स्थायी राजधानी सङ्घीयताको मर्मअनुसार हुनुपर्नेमा जोड
गोरखापत्र अनलाइन ,
पुष २३, २०७६ बुधबार
प्रदेश ३ का प्रदेशसभाका सदस्यहरुले प्रदेशको स्थायी राजधानी जनचाहना र सङ्घीयताको मर्मअनुसारको स्थानमा हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्रदेशसभाको बुधबार बसेको बैठकमा बोल्दै प्रदेश सभाका सदस्यहरुले प्रदेशको अधिकारक्षेत्र भित्र रहेको विषयमा क्षेत्राधिकारभन्दा बाहिर गएर पार्टीले निर्देशन दिनु संविधानको भावना र मर्म विपरीत भएको बताउनुभयो ।