गोरखापत्र अनलाइन
काठमाडौं, पुस २३ गते । नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खट्नुभएका नेपाली शान्ति सेनालाई सतर्क रहन निर्देशन दिएको छ ।
अमेरिकी कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण हुन थालेपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सेनालाई सतर्क हुन निर्देशन दिएको हो ।
सेनाले आज जारी गरेको विज्ञप्तिमा अहिलेसम्म नेपाली शान्ति सेना सकुशल रहेको पनि उल्लेख छ ।
त्यसैगरी, लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कता अपाउन, निरन्तर रुपमा अनुगमन गर्न र शान्ति सेनाको मिशन मुख्यालय र नेपाल सेना निर्देशानालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएको छ ।