सांसदमाथि आचरण प्रश्न : अढाइ वर्षसम्म बनेन अनुगमन समिति
गोरखापत्र अनलाइन ,
कार्तिक ६, २०७६ बुधबार
जबर्जस्ती करणीको अभियोगमा प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा न्यायिक हिरासतमा हुनुहुन्छ । महरा पक्राउ पर्नुभएको एक साता नबित्दै सामूहिक व्यक्ति हत्याको अभियोगमा काँग्रेस सांसद मोहम्मद अफताब आलम पक्राउ पर्नुभयो ।
रौतहट जिल्ला अदालतको आदेशमा आलम पनि अनुसन्धानका लागि हिरासतमै हुनुहुन्छ ।