४२ महिनामा सुरुङमार्ग बन्ने
गोरखापत्र अनलाइन ,
कार्तिक ५, २०७६ मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार शिलान्यास गर्नुभएको छ । शिलान्याससँगै सो सुरुङमार्गको निर्माण औपचारिक रूपमा सुरु भएको छ । प्रधानमन्त्री ओलीले शिलान्याससँगै नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । “फेरि एक कदम अगाडि विकास बढेको छ”, उहाँले भन्नुभयो ।