पत्रकारितामा तपाईं कि तिमी !
गोरखापत्र अनलाइन ,
कार्तिक ४, २०७६ सोमबार
नेपाली पत्रकारिता क्षेत्रमा आदरार्थी शब्दको कञ्जुस्याइँ भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा नै चिन्ता व्यक्त गर्नुभएपछि नेपाली भाषाका विद्यार्थी, प्रयोगकर्ता र पत्रकारिता क्षेत्रमा भाषा बहसले पुनः स्थान पाएको छ ।