एक करोड ३३ लाख डोज खोप प्राप्त, ७५.६ प्रतिशत प्रयोग
आशा साह
भाद्र १८, २०७८ शुक्रबार
नेपाललाई जनवरीदेखि अगस्टसम्म एक करोड ३३ लाख ५९ हजार ११० डोज खोप प्राप्त भएको छ । जसमध्ये एक करोड एक लाख तीन हजार ८६४ डोज खोप प्रयोग भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो प्रतिशतमा ७५.६ प्रतिशत हो ।
स्वास्थ्य मन्त्रालयकाअनुसार ५४ लाख २५ हजार ८८८ जनाले पहिलो डोज लगाएका छन् भने ४६ लाख ७७ हजार ९७६ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । नेपालमा अहिले कोरोनाविरुद्धको तीन प्रकारका खोप प्रयोगमा ल्याइएको...