सर्लाहीमा गोली चल्यो, एक भारतीय युवकको मृत्यु
गोरखापत्र अनलाइन
चैत्र २३, २०७८ बुधबार
सर्लाही सदरमुकाम मलङ्गवामा बुधबार साँझ गोली चल्दा एक भारतीय युवकको मृत्यु भएको छ । सदरमुकाम मलङ्गवा नगरपालिका–८, स्थित ओम पेट्रोल पप्प नजिकै अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर भारत विसनपुर आधार पञ्चायत घर भएका अन्दाजी ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको हो । महतोमाथि बुधबार साँझ ७ः३० बजेतिर गोली प्रहार भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।