सञ्चारमाध्यामका लागि आचारसंहितामा के छ व्यवस्था ?
आशा साह
चैत्र २५, २०७८ शुक्रबार
स्थानीय तह निर्वाचन आचारसंहिता लागूभएसँगै सञ्चारमाध्यमले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने निर्वाचन आयोगले जनाएको छ ।
शुक्रबारदेखि आयोगले निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको छ । आचारसंहिता लागू भएसँगै सञ्चार माध्यम, सम्बद्ध कर्मचारी तथा पत्रकारहरुले ११ बुँदे आचारसंहिता पालना गर्नुपर्ने भएको छ ।