राष्ट्रपतिबाट लोकसेवा, अख्तियारलगायतका संवैधानिक निकायमा २० जना नियुक्त, न्याय परिषद् सदस्यमा भण्डारी
गोरखापत्र अनलाइन
असार १०, २०७८ बिहीबार
राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा २० जनालाई नियुक्त गर्नुभएको छ ।
साथै, न्याय परिषद्को सदस्यमा रामप्रसाद भण्डारीलाई नियुक्त गर्नुभयाे । प्रधानमन्त्रीको सिफारिसमा सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।