सङ्क्रमण कम र स्थिर हुँदै, खोप र स्वास्थ्य मापदण्ड नमाने भयावह हुने
गोरखापत्र अनलाइन
जेष्ठ २३, २०७८ आईतवार
कोरोनाभाइरस (कोभिड–१९)को नयाँ भेरियन्टको उच्च जोखिममा रहेको उपत्यकामा पछिल्लो तीन हप्ताको तुलनामा सङ्क्रमितको सङ्ख्यामा कमी र स्थिर रहेको चिकित्सकले बताएका छन् ।
शनिबार देशभर पाँच हजार ४२ जना कोरोना सङ्क्रमित थपिँदा काठमाडौं उपत्यकामा ९३७ जना सङ्क्रमित थपिएका थिए । त्यस्तै शुक्रबार ६ हजार ६५३ जना सङ्क्रमित थपिँदा उपत्यकामा एक हजार ३८४ जना थपिएका थिए ।