भरपर्दा सोसियल मिडिया मात्र हेरौं, नत्र निराशा बढ्न सक्छ
शान्ति लामा
बैशाख १३, २०७७ शनिबार
फेसबुक, ट्वीटर, युट्युबजस्ता सर्वप्रिय सोसल मिडियाहरु हामी ताजा सूचनाका लागि समेत प्रयोग गर्छाैँ । विश्व अहिले कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला हामी कोरोना संक्रमितको संख्या कति पुग्यो ? भनी जान्न समेत सोसल मिडियाकै भरमा छौँ । स्वास्थ्य मन्त्रालयले समेत सोसल मिडयामार्फत नै सूचना दिइरहेको छ ।
यस्तो बेला कतिपय हामीलाई कामै नलाग्ने, त्रास फैलाउने, निराशा बढाउने, नकारात्मकता फैलाउने जस्ता सूचनाहरु पनि सोसल...