विश्वव्यवस्था तयारै नभएको भाइरसविरुद्ध लडिरहेका छौँ : परराष्ट्रमन्त्री ज्ञवाली
रासस
चैत्र १७, २०७६ सोमबार
विश्वका अधिकांश सरकार र नागरिक विश्वका प्रायः सबै मुलुकमा फैलिइरहेको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि यतिबेला हातेमालो गरिरहेका छन् । संक्रमण रोक्न नेपाल सरकारले स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखि यही चैत ११ गतेदेखि ‘लकडाउन’ अर्थात् सबैजनालाई घरमै सीमित राख्ने जारी राखेको छ ।