कतै चार फिटसम्म हिउँ, यात्रुको उद्धार प्रयास जारी
गोरखापत्र अनलाइन ,
मंसिर २७, २०७६ शुक्रबार
शुक्रबार विहानैदेखि सुदूरपश्चिका पहाडी जिल्लामा भारी हिमपात भएको छ । हिमपातमा फसेका बझाङ, बैतडी र डडेल्धुरामा हिउँ सफा गरेर यात्रुको उद्धार गरिएको छ । निरन्तर हिमपात भईरहेकोले ती सडकमा थप यातायातका साधन चल्न सकेका छैनन् ।