कोराना विरुद्धको रणनीति बनाउन सार्क राष्ट्र प्रमुख भिडियो कन्फरेन्स मार्फत आइतबार छलफल गर्दै
गोरखापत्र अनलाइन ,
चैत्र १, २०७६ शनिबार
विश्वव्यापी महामारीका रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड –१९) सँग लड्न आवश्यक रणनीति तयार गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रका प्रमुखहरूबीचको छलफल आइतबार हुने भएको छ । सो छलफल भिडियो सम्मेलन हुन लगेको हो । सार्क सचिवालयका अनुसार आइतबार साँझ ५.०० बजे सिंहदरबारमा सार्क भिडियो कन्फरेन्स गर्न लागिएको हो ।