राजस्व छलेर ल्याइएको तीन हजार किलो चिनी बरामद
गोरखापत्र अनलाइन
चैत्र २५, २०७८ शुक्रबार
भारतबाट चिनीको अवैध आयात ह्वात्तै बढेको छ। माग बढेपछि तस्करले अवैध आयात सुरु गरेका हुन्। सोही क्रममा भारतबाट भन्सार राजस्व छलेर अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणमा चिनीलगायत अन्य अवैध सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरीले नेपालगञ्जबाट बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके नेपालगञ्जबाट सशस्त्र प्रहरी नायब निरीक्षक अरुण तिमिल्सिनाको टोलीले बिहीवार नेपालगञ्ज–१२ कोरियनपुरबाट अवैध रुपमा...