पाल्पामा पाँचदलीय गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय
गोरखापत्र अनलाइन
चैत्र २४, २०७८ बिहीबार
जिल्लामा क्रियाशील पाँच दलले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आपसी गठबन्धनसहित अगाडि बढ्ने निर्णय गरेका छन् । सरकारमा सहभागी रहेका नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीले स्थानीय निर्वाचनमा गठबन्धन गरी अगाडि बढ्ने निर्णय गरेका हुन् ।